बिहीबारदेखि देशभर वर्षा र हिमपातको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Image
Nisarga Hospital

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली हुनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति भने देशभर आंशिक बदली हुने पूर्वानुमान छ।

बुधबार देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। राति हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभाग, मधेस प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार भारी वर्षा र हिमपातको सम्भावना

बिहीबार देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ।

त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

वर्षा, चट्याङ र हिमपातको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Dhnagadhi & Krishanapur