कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण आज

Image
Nisarga Hospital

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण आज हुने भएको छ। शपथग्रहण कार्यक्रम दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण कार्यक्रममा सहभागी हुन बोलाइएको छ। सभापतिमा निर्वाचित गगनकुमार थापाले भने दसैँअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

आजको कार्यक्रममा सभापति थापाले केन्द्रीय कार्यसमितिका बाँकी पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराउनेछन्। शपथग्रहणसँगै महाधिवेशनबाट निर्वाचित कांग्रेसको नयाँ केन्द्रीय नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढ्नेछ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur