एनपीएलका दुई खेलमा मौसमको चुनौती, साँझको भिडन्त वर्षाले प्रभावित पार्न सक्ने

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार हुने दुई खेललाई मौसमले प्रभावित पार्न सक्ने सम्भावना देखिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहानैदेखि बादल लागेको छ भने मौसम पूर्वानुमानअनुसार दिउँसोपछि वर्षाको जोखिम बढ्ने देखिएको छ।

CP Hospital Dhangadhi

आजको पहिलो खेलमा मध्यान्ह साढे १२ बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुँदैछन्। खेल सुरु हुने समयमा वर्षाको सम्भावना न्यून रहे पनि दिउँसो १ देखि ३ बजेसम्म वर्षाको सम्भावना १२ देखि १६ प्रतिशतसम्म रहने अनुमान छ।

त्यस्तै, दिउँसो ४ बजे वर्षाको सम्भावना ४७ प्रतिशत र साँझ ५ बजे ५१ प्रतिशत पुग्ने पूर्वानुमान छ। यही समयमा आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्दैछन्। साँझ ५ बजे सुरु हुने यो खेलमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी देखिएकाले खेल प्रभावित हुने जोखिम छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पहिलो खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो। लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने कर्णालीविरुद्ध विराटनगर पहिलो जितको खोजीमा हुनेछ। विराटनगर आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।

मौसम पूर्वानुमानले साँझतिर वर्षाको जोखिम बढ्ने संकेत गरे पनि खेल रोकिने वा प्रभावित हुने निश्चित भने छैन। वर्षाको वास्तविक अवस्था, तीव्रता र मैदानको अवस्थाले खेल सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। त्यसैले आजको दोस्रो खेलमा मौसमको अवस्थाले समेत नतिजालाई प्रभावित पार्न सक्ने सम्भावना छ।

Dhnagadhi & Krishanapur