लोकेश बमको विस्फोटक ब्याटिङ, विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आफ्नो दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्ससामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको हो।

CP Hospital Dhangadhi

विराटनगरका ओपनर लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै ५२ बलमा ८७ रन बनाए। उनले ३ चौका र ९ छक्का प्रहार गरे। लोकेश एनपीएलमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्नबाट १३ रनले चुके। उनले एन्जेलो म्याथ्युजसँग चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे। म्याथ्युजले २२ बलमा ३१ रन बनाए।

आन्द्रे रसेलले १५ बलमा २७ रन जोडे भने बसिर अहमदले १३ रन बनाए। इम्रान शेख ५, चरिथ असलंका ३ र शेहान जयसूर्या ११ रनमा आउट भए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कर्णालीका कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले ४ ओभरमा ३३ रन खर्चिए। मार्क वाट र नन्दन यादवले एक–एक विकेट हात पारे।

पहिलो खेलमा चितवन राइनोजसँग ९ रनले पराजित विराटनगर पहिलो जितको खोजीमा छ। कर्णालीले भने पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। अब विराटनगरको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै कर्णालीले जित निकाल्छ वा विराटनगरले पहिलो जित दर्ता गर्छ भन्ने चासो बढेको छ।

Dhnagadhi & Krishanapur