अन्तिम बलमा कर्णालीको रोमाञ्चक जित, विराटनगरको लगातार दोस्रो हार

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको छ। बिहीबार भएको खेलमा कर्णालीले अन्तिम ओभरको अन्तिम बलमा १८७ रनको लक्ष्य पूरा गर्दै लगातार दोस्रो जित निकालेको हो। विराटनगर भने लगातार दोस्रो खेलमा पराजित भएको छ।

CP Hospital Dhangadhi

विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८६ रन बनाएको थियो। उसका लोकेश बमले ५२ बलमा ९ छक्का र ३ चौकासहित ८० रन बनाए। एन्जेलो म्याथ्युजले ३१ तथा आन्द्रे रसेलले २७ रन जोडे। कर्णालीका कप्तान सोमपाल कामीले ४ ओभरमा ३३ रन दिएर ४ विकेट लिए।

जवाफमा कर्णालीले ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। कप्तान सोमपालले ३२ बलमा ३ छक्का र ३ चौकासहित अविजित ६२ रन बनाए। गुलशनकुमार झाले अविजित २८, पवन सर्राफले ३६ तथा अरिफुल इस्लामले ३२ रनको योगदान दिए। विराटनगरका एन्जेलो म्याथ्युजले ३ विकेट लिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पहिलो खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई हराएको थियो भने विराटनगर चितवन राइनोजसँग पराजित भएको थियो।

Dhnagadhi & Krishanapur