पत्रकार पक्राउबारे प्रधानमन्त्रीको निर्देशन : तत्काल रिहा गर्न र समाचार कक्षमा धरपकड नगर्न आदेश

Image
Nisarga Hospital

प्रधानमन्त्री बालेन्द्र शाहले समाचारकै विषयलाई लिएर पक्राउ गरिएका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन्।

CP Hospital Dhangadhi

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएकी हुन्। उनले पत्रकार पक्राउ गर्ने घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा कार्यालयको कुनै संलग्नता नरहेको र यसबारे पूर्वजानकारीसमेत नभएको दाबी गरेकी छन्।

घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको दाहालले उल्लेख गरेकी छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur