एनपीएलमा जनकपुरको रोमाञ्चक जित, पोखरालाई ९ रनले हराउँदै दोस्रो स्थानमा उक्लियो

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १४८ रनको लक्ष्य पछ्याएको पोखराले ९ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो।

CP Hospital Dhangadhi

पोखराका कप्तान कुशल भुर्तेलले २५, विपिन आचार्यले २० तथा किरण ठगुन्नाले १५ रन बनाए। जनकपुरका मोइन अलीले ३ विकेट लिए भने सैफ हसन र कप्तान हर्मित सिंहले समान २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो। जनकपुरका तृतराज दासले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले। यस्तै अभिषेक तिवारीले २४ र मोइन अलीले २१ रन बनाए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पोखराका शाकिब अल हसनले ३ तथा चमिका करुणारत्नेले २ विकेट लिए।

यस जितसँगै तीन खेलमा चार अंक जोडेको जनकपुर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लगातार दोस्रो हार बेहोरेको पोखरा भने अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ।

Dhnagadhi & Krishanapur