ज्योतिषीका अनुसार आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् कार्तिक १८ गते बुधबारको दैनिक राशिफल

Image
Nisarga Hospital

राशिफल १८ कार्तिक २०८३ बुधवार

CP Hospital Dhangadhi

मेष
Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कार्यक्षेत्रमा कार्य बिग्रिनको डरले मनमा अज्ञात भय रहनेछ। सम्पत्तिलाई लिएर कानुनी समस्या थियो भने सुल्झिनेछन्। पारिवारिक भ्रमणको सम्भावना छ। व्यापार व्यवसायमा नयाँ योजनाहरू बन्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

वृष
Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

सामाजिक कार्यले प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूलाई मानसिकबोझबाट मुक्ति मिल्नेछ। व्यापार व्यवसायमा गोप्य कुराहरूलाई गोप्य राख्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा

आर्थिक कारोबारमा नयाँ निर्णय लिनुभन्दा अघि जानकारको सल्लाह अवश्य लिनुहोला। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। विद्यार्थीहरूको पठनपाठन भन्दा मनोरञ्जनमा समय बित्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यापार व्यवसायमा थप लगानी लगाउने समय रहेको छ। सन्तान पक्षबाट शुभ सुचना मिल्नेछ। कर्यक्षेत्रमा एउटा कार्य सिध्याएर मात्र अर्को कार्य थाल्नु होला अविवाहित हरूलाई विवाहको प्रस्ताव मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नोकरी वा पेशामा हजुरको कुराको महत्व बढ्नेछ। रोकिएको पैसा मिल्ने सम्भावना रहेको छ। पुरानो साथीसँग भेटघाट हुनेछ। वाहन चलाउँदा सावधान रहनुपर्ने हुन्छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आज हजुर ऊर्जावान रहनुहुनेछ। व्यापार व्यवसायलाई बढाउन सकिनेछ। राजनीतिक क्षेत्रमा कुनै जिम्मेवारी मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

तुला
Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा मनोबल बढ्नेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। प्रेम सम्बन्धमा छोटो मिठो यात्रा रहन सक्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

वृश्चिक
Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ। नजिकका आफन्तहरूको भेटघाटले मन प्रसन्न रहनेछ। नोकरी वा पेशामा उच्च अधिकारीको साथ मिल्नेछ। सन्तानको करियरलाई लिएर ठूलो धन खर्चका योग छन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

धनु
Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मनले सोचेअनुसार काम गर्न सकिनेछ। आफ्नो कुरालाई अभिव्यक्त गर्नमा संकोच नगर्नुहोला। कार्यक्षेत्रमा प्रभावशाली उपस्थिति रहनेछ। साथीभाइहरूको सम्बन्ध प्रगाढ बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
Capricorn
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आफ्नो विचार र योजनाहरूलाई क्रियान्वित गर्न सफल हुनुहुनेछ। घरायसी जिम्मेवारीले व्यस्तता रहनेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा

आफ्नो योग्यतालाई विचार गरेर आत्मविश्वासको साथ निर्णय लिनुहोला सफलता मिल्नेछ। कमजोरीलाई सुधारदै जीवनशैलीमा परिवर्तन ल्याउने समय रहेको छ। विद्यार्थीहरूको बौद्धिक क्षमताको प्रशंसा हुनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

मीन
Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

रोकिएका काम बन्नेछन्। अध्ययन र सृजनात्मक क्षेत्रमा विकास हुनेछ। व्यापार व्यवसायमा पिताको साथ सहयोग मिल्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

हाम्रो पात्रो बाट

Dhnagadhi & Krishanapur