तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले बेच्दै सुनको असर्फी र चाँदीको मेडालियन, कात्तिक १९ र २० गते बिक्री

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीको मेडालियन बिक्री गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आगामी कात्तिक १९ र २० गते दुई दिन बिक्री गर्न लागेको हो।

CP Hospital Dhangadhi

राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामको एक थान चाँदीको मेडालियन उपलब्ध गराइनेछ। चाँदीको मेडालियनमा लक्ष्मी र गणेशको आकृति अंकित हुनेछ। एक व्यक्तिले बढीमा दुई थान मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ।

इच्छुक नेपाली नागरिकले कात्तिक १९ र २० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टक्सार महाशाखाको बिक्री काउन्टरबाट असर्फी तथा मेडालियन खरिद गर्न सक्नेछन्। तर बिक्री मौज्दात कायम रहेसम्म मात्रै उपलब्ध हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

खरिदका लागि नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। यसको भुक्तानी नगद वा क्यूआर माध्यमबाट गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार सुनको असर्फी र चाँदीको मेडालियनको मूल्य दैनिक बिहान करिब ११ बजे निर्धारण गरिनेछ। मूल्य निर्धारण भएपछि मात्रै बिक्रीसम्बन्धी सूचना सार्वजनिक हुनेछ। तिहारमा लक्ष्मीपूजाका लागि असर्फी तथा मेडालियन खरिद गर्न चाहनेहरूका लागि यो अवसर हुनेछ।

Dhnagadhi & Krishanapur