
नेपाली बजारमा सुनको मूल्यले एकैदिन ठूलो छलाङ मारेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ।

त्यसैगरी, चाँदीको मूल्य १० ग्रामको ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ। पछिल्लो वृद्धिसँगै सुनचाँदीको कारोबार र बजार मूल्यमा थप चासो बढेको छ।

































