जनकपुरलाई १६ रनले हराउँदै लुम्बिनीको अपराजित यात्रा कायमै, अंकतालिकाको शीर्षस्थानमा

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो।

CP Hospital Dhangadhi

जनकपुरका लागि हरमीत सिंहले सर्वाधिक ३३ रन बनाए। आदित्य महता ३० रनमा अविजित रहे भने सैफ हसनले २८ र तृतराज दासले १८ रन जोडे। लुम्बिनीका डार्सी शर्टले तीन विकेट लिए भने शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २७, दिलीप नाथले २५ र आसिफ शेखले २१ रनको योगदान दिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

जनकपुरका राहुल यादव र विशाल सुश्लिङले दुई–दुई विकेट लिए।

यस जितसँगै चार खेलबाट तीन जित र एक खेल रद्द हुँदा सात अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा यथावत् छ। पाँच खेल खेलेको जनकपुर चार अंकसहित चौथो स्थानमा रहेको छ।

Dhnagadhi & Krishanapur