
नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज शुक्रबार उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको हो।

महासङ्घले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ३ हजार ९२० रुपैयाँ रहेको थियो।
अघिल्लो दिनको तुलनामा सुन र चाँदी दुवैको मूल्य घटेपछि खरिदबिक्री गर्ने उपभोक्ता तथा व्यवसायीको ध्यान आजको बजार मूल्यमा केन्द्रित भएको छ।







































