पश्चिमी वायुको प्रभाव : सुदूरपश्चिमसहित तीन प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी हिमाली क्षेत्रमा समेत आंशिक बादल लाग्नेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस्तै, सोमबार पनि पश्चिमी वायुको प्रभाव कायमै रहने देखिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

Dhnagadhi & Krishanapur