कैलालीमा देउसी–भैलो खेल्ने समय क्षेत्रअनुसार निर्धारण, सुरक्षा संवेदनशील क्षेत्रमा राति ९ बजेसम्म मात्रै

Image
Nisarga Hospital

कैलालीमा यसवर्ष तिहारमा देउसी–भैलो खेल्ने समय सुरक्षा अवस्थाका आधारमा क्षेत्रअनुसार निर्धारण गरिएको छ। विगतका वर्षमा जिल्लाभर एउटै समयसीमा लागू हुँदै आएकोमा यसवर्ष भने स्थानीय अवस्था र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर फरक समय तोकिएको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रशासन कार्यालय कैलालीले औपचारिक सूचना जारी नगरे पनि सुरक्षा अवस्थाको विश्लेषण गरी सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार सुरक्षा संवेदनशील क्षेत्रहरूमा राति ९ देखि १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइनेछ। गाउँघर तथा शान्त वातावरण भएका क्षेत्रमा भने राति १० देखि ११ बजेसम्म कार्यक्रम गर्न दिइनेछ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

तर, देउसी–भैलोका क्रममा झैझगडा, अराजक गतिविधि वा अशान्ति भएमा त्यस्ता क्षेत्रमा साँझ ७ बजेदेखि नै कार्यक्रम बन्द गराइने प्रशासनले जनाएको छ।

तिहारका बेला हुन सक्ने झैझगडा तथा अवाञ्छित गतिविधि नियन्त्रण गरी जिल्लाको शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताएका छन्।

Dhnagadhi & Krishanapur