यमपञ्चकको चौथो दिन आज गाईपूजा, विधिपूर्वक पूजा गरी मीठा परिकार खुवाइँदै

Image
Nisarga Hospital

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज हिन्दू धर्मावलम्बीले गाईको पूजा गरी मीठा परिकार खान दिएर गाईपूजा पर्व मनाउँदैछन्। धार्मिक तथा सांस्कृतिक रूपमा गाईलाई पवित्र जनावरका रूपमा सम्मान गर्ने परम्पराअनुसार आज गाईलाई माला, टीका लगाई विधिपूर्वक पूजा गरिन्छ।

CP Hospital Dhangadhi

हिन्दू धर्मशास्त्रमा गाईलाई गौमाताका रूपमा पुज्ने गरिन्छ। गाईको दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका साथै दूध, दही, घ्यू, गोबर र गहुँत धार्मिक तथा दैनिक जीवनमा उपयोगी मानिएकाले गाईको विशेष महत्त्व रहेको छ।

धार्मिक मान्यताअनुसार गाईको विधिपूर्वक पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ। नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको प्रारम्भमा गाईपूजा गर्ने विधान रहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परासमेत निर्वाह गर्दै आएका छन्। पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्।

त्यस्तै, धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन (डोरो) आज गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि गाईले वैतरणी नदी पार गराएर स्वर्ग पुर्‍याउने मान्यता रहेको छ। यसै विश्वासका साथ श्रद्धालुहरूले आज गाईको पूजा गर्ने गर्दछन्।

Dhnagadhi & Krishanapur