सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि उकालो लाग्यो

Image
Nisarga Hospital

स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले महँगिएको हो।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

एकै दिन सुन र चाँदी दुवैको मूल्य बढेपछि गहना खरिद गर्ने उपभोक्तालाई थप आर्थिक भार पर्ने देखिएको छ। विशेषगरी चाडपर्व तथा विवाहको मौसममा सुनचाँदीको मूल्यमा हुने उतारचढावले उपभोक्ता र व्यवसायी दुवैलाई प्रभाव पार्ने गरेको छ।

Dhnagadhi & Krishanapur