प्लेअफ लक्ष्यसहित सुदूरपश्चिम र जनकपुर भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।

CP Hospital Dhangadhi

५ खेलबाट ३ जित र २ हारसहित ६ अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको तेस्रो स्थानमा छ। यता २ जित र ३ हारसहित ४ अंक जोडेको जनकपुर पाँचौँ स्थानमा छ। प्लेअफको सम्भावना बलियो बनाउन दुवै टोली जितको खोजीमा हुनेछन्।

सुदूरपश्चिमले पछिल्ला दुई खेलमा चितवन राइनोज र कर्णाली याक्सलाई पराजित गर्दै लगातार जित निकालेको छ। कर्णालीविरुद्ध सुदूरपश्चिमले १७६ रन बनाएको थियो भने कर्णालीलाई १३७ रनमै रोकेको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यता जनकपुरले पछिल्ला दुई खेलमा विराटनगर किंग्ससँग २ रन र लुम्बिनी लायन्ससँग १६ रनको हार बेहोरेको छ। त्यसैले जनकपुर दबाबमा देखिएको छ।

सुदूरपश्चिमका इशान पाण्डे, बिनोद भण्डारी र कप्तान दीपेन्द्रसिंह ऐरी मुख्य खेलाडी हुन्। जनकपुरका सैफ हसन, हरमित सिंह र जेम्स निशमबाट टोलीले राम्रो प्रदर्शनको अपेक्षा गरेको छ।

यी दुई टोलीबीच भएका पछिल्ला चार भेटमध्ये सुदूरपश्चिमले तीन र जनकपुरले एक खेल जितेका छन्। आजको खेल जित्दै सुदूरपश्चिम शीर्ष चारमा स्थान बलियो बनाउन चाहन्छ भने जनकपुर पुनरागमनको लक्ष्यमा हुनेछ।

Dhnagadhi & Krishanapur