एनपीएलमा आज दुई खेल : विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै, कर्णालीलाई जित्नैपर्ने दबाब

Image
Nisarga Hospital

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन्। आज विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

CP Hospital Dhangadhi

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेलमा विराटनगर र पोखरा आमनेसामने हुनेछन्। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा पाँच खेल खेलेको विराटनगर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। समान खेल खेलेको पोखरा भने २ अंकसहित पुछारमा रहेको छ। दुवै टोली आजको खेल जित्दै आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा हुनेछन्।

यस्तै, आजै अपराह्न ५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सबीच दोस्रो खेल हुनेछ। पाँच खेलबाट ४ अंक जोडेको कर्णाली तालिकाको सातौँ स्थानमा छ भने ७ अंकसहित लुम्बिनी तेस्रो स्थानमा रहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

प्लेअफ दौडमा आफ्नो सम्भावना बलियो बनाउन कर्णालीलाई आजको खेल जित्नैपर्ने दबाब छ। अर्कोतर्फ, लुम्बिनी पनि जित निकाल्दै शीर्ष स्थानतर्फ अघि बढ्ने लक्ष्यमा हुनेछ।

Dhnagadhi & Krishanapur