मंसिर १५ र १६ गते नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा हुने

Image
Nisarga Hospital

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको अधिवेशन आगामी मंसिर १५ र १६ गते धनगढीमा हुने भएको छ। कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको बैठकले सो निर्णय गरेको हो।

CP Hospital Dhangadhi

१५ औं नियमित महाधिवेशन अन्तर्गत सुदूरपश्चिमका ९ वटै जिल्लाका अधिकांश वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा जिल्ला अधिवेशनहरू सम्पन्न भइसकेका छन्। बाँकी रहेका केही जिल्लाका अधिवेशनहरू पनि छिट्टै सम्पन्न हुने जानकारी दिइएको छ।

प्रदेश सभापति वीर बहादुर बलायरका अनुसार अधिवेशनको उद्घाटन कार्यक्रम मंसिर १५ गते बिहान ११:०० बजे धनगढीस्थित सौंराई स्क्वायरको सभाहलमा गरिने तय भएको छ। सभापति बलायरले प्रेस विज्ञप्ति जारी गर्दै अधिवेशनको तयारी अघि बढेको जानकारी दिनुभएको हो।