नेकपाकी नेतृ शान्ति अधिकारी र साहित्यकार डा. तुलसी शर्मा रास्वपामा प्रवेश

Image
Nisarga Hospital

नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा शिक्षा उद्यमी शान्ति अधिकारीले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी छन्।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिकाको उपप्रमुख पदमा २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकी अधिकारी रास्वपामा आबद्ध भएकी हुन्। रास्वपा सुदूरपश्चिमका महामन्त्री सन्तोष जोशीले अधिकारीलाई पार्टीमा स्वागत गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

अधिकारी धनगढीस्थित एरिस्टो बोर्डिङ स्कुलकी सञ्चालकसमेत हुन्। उनी शिक्षा तथा सामाजिक क्षेत्रमा परिचित व्यक्तित्वका रूपमा चिनिन्छिन्।

यसैगरी साहित्यिक तथा शैक्षिक क्षेत्रमा परिचित उपप्राध्यापक एवं साहित्यकार डा. तुलसी शर्मा जोशी पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएकी छन्।

शिक्षा, साहित्य र राजनीतिमा सक्रिय दुई व्यक्तित्व रास्वपामा जोडिएसँगै सुदूरपश्चिममा पार्टीको संगठन विस्तार र राजनीतिक गतिविधिमा थप चर्चा सुरु भएको छ।