नेपाल टेलिकमको इन्टरनेट अफरको म्याद थपियो, वार्षिक ४ हजार ९९९ रुपैयाँमै ३० एमबीपीएस फाइबर

Image
Nisarga Hospital

नेपाल टेलिकमले ग्राहकको उच्च मागलाई मध्यनजर गर्दै ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपी (Mesh AP) अफरको अवधि थप गरेको छ।

CP Hospital Dhangadhi

कम्पनीले २०८३ असोज ३० गतेदेखि वितरण सुरु गरेको ३० एमबीपीएस इन्टरनेट प्याकेज तथा असोज ८ गतेदेखि सञ्चालनमा ल्याएको मेस एपी अफरको म्याद आगामी पुस ३० गतेसम्म बढाएको हो।

विस्तारित अफरअन्तर्गत ग्राहकले वार्षिक जम्मा ४ हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट सेवा लिन सक्नेछन्। त्यस्तै, घरका सबै कोठा तथा कुनामा प्रभावकारी वाइफाइ सिग्नल पुर्‍याउन उपयोगी मेस एपी उपकरण ४० प्रतिशत छुटसहित २ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ।

यसअघि दसैँ–तिहार विशेष अफरअन्तर्गत वाइफाइ सिक्स इन्डिभिजुअल प्याकेजमा नयाँ जडान गर्ने ग्राहकलाई ३ हजार रुपैयाँ छुट दिने व्यवस्था कात्तिक ३० गतेसम्म कायम थियो। उक्त अवधिभित्र डिमान्ड पोर्टलमार्फत आवेदन दिएका ग्राहकले छुट सुविधा पाउनेछन्।

एनटी फाइबर तथा मेस एपी सेवा लिन इच्छुक ग्राहकले नेपाल टेलिकमको १९८ नम्बरमा सम्पर्क गरी, मोबाइल एप वा कम्पनीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीले यी अफरबाट ग्राहकलाई सुलभ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने अपेक्षा गरेको छ।