
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ।

यसअघि शुक्रबार सुनको मूल्य एकैदिन १२ हजार ६०० रुपैयाँले घटेको थियो। लगातारको गिरावटसँगै सुनको भाउमा उल्लेख्य कमी आएको छ।
यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १०० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ६०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
पछिल्लो मूल्य गिरावटसँगै सुनचाँदी खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ।




























