कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन गर्न पूर्वसभापति देउवा धनगढी आउँदै

Image
Nisarga Hospital

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन गर्न धनगढी आउने भएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा पक्षले आयोजना गर्न लागेको प्रदेश अधिवेशनको उद्घाटनका लागि देउवा धनगढी आउन लागेका हुन्।

CP Hospital Dhangadhi

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले अधिवेशन उद्घाटन गर्न देउवा आउने निश्चित भएको जानकारी दिएका छन्। उनका अनुसार मंसिर १५ गते बिहान ११ बजे धनगढीमा अधिवेशनको औपचारिक उद्घाटन कार्यक्रम तय गरिएको छ।

पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सुदूरपश्चिममा प्रदेशदेखि स्थानीय तहसम्मका अधिवेशन प्रक्रिया अघि बढाइएको छ। प्रदेशका नौवटै जिल्लामा वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन्। यद्यपि केही जिल्लामा अधिवेशनका प्रक्रिया बाँकी रहे पनि अधिकांश जिल्लामा संगठनात्मक अधिवेशन सम्पन्न भएको प्रदेश कार्यसमितिले जनाएको छ।

प्रदेश अधिवेशनलाई कांग्रेसको आगामी महाधिवेशनसँग जोडेर हेरिएको छ। देउवा पक्षले आयोजना गर्न लागेको यस अधिवेशनमा प्रदेशको पार्टी नेतृत्व, संगठनात्मक गतिविधि तथा आगामी महाधिवेशनका तयारीलगायत विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। मंसिर १५ गते हुने उद्घाटन कार्यक्रममा प्रदेशका नौवटै जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहनेछ।