सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

Image
Nisarga Hospital

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ।

CP Hospital Dhangadhi

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँ कायम थियो।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार चाँदी प्रतितोला ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ३० हजार ७१० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार १८ रुपैयाँ कायम भएको छ।

पछिल्लो केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर घट्दै जाँदा उपभोक्ताले केही राहत महसुस गरेका छन्।