हसिनाको गृहनगर गोपालगञ्जमा सुरक्षा कडा, १० प्लाटुन बिजिबी परिचालन

Image
Nisarga Hospital

बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ। सम्भावित हिंसात्मक गतिविधि नियन्त्रण गर्न सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरिएको छ।

CP Hospital Dhangadhi

सुरक्षा निगरानीका लागि ड्रोन र बडी क्यामेरा प्रयोग गरिएको छ भने दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ। हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा उनको पार्टी अवामी लिगका समर्थक सक्रिय भएका छन्। प्रतिबन्धित पार्टीका समर्थकले प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको बताइएको छ।

यसैबीच, बङ्गलादेशका कानूनमन्त्री मो. असदुज्जमानले हसिना कानूनी प्रक्रियाअनुसार प्रत्यर्पण सन्धिमार्फत स्वदेश फर्कने बताएका छन्। मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्डको फैसला सुनाइएको थियो।

फैसलाको पूर्णपाठ सन् २०२६ जनवरी १३ मा सार्वजनिक भएको थियो। फैसलाविरुद्ध अपिल गर्ने ३० दिने समयसीमा समाप्त भएपछि हसिनाका कानूनी विकल्प सीमित हुने मन्त्रीको भनाइ छ।