रास्वपामा असन्तुष्टि चुलियो, सुदूरपश्चिमकी नेतृ नर्पता गिरीले छाडिन् पार्टी

Image
Nisarga Hospital

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ नर्पता गिरीले पार्टी परित्याग गरेकी छन्। पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेकी हुन्।

CP Hospital Dhangadhi

कञ्चनपुर घर भएकी गिरी सुदूरपश्चिममा प्रभावशाली नेतृका रूपमा परिचित थिइन्। उनले जीवनमै पहिलोपटक रास्वपाबाट राजनीति सुरु गरेकी थिइन्। पार्टीको महाधिवेशन प्रतिनिधिसमेत रहेकी उनले नेतृत्वको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टीबाट अलग हुने निर्णय लिएकी हुन्।

गिरीले पार्टीका माथिल्लो तहका नेताहरूले जनतालाई परिवर्तनको आशा देखाए पनि व्यवहारमा भ्रममा राख्ने काम मात्रै गरेको आरोप लगाएकी छन्। उनका अनुसार पार्टी नेतृत्वले लिइरहेको बाटो र कार्यशैली आफूलाई चित्त बुझेन।

नेतृत्व गलत दिशातर्फ अघि बढिरहेको टिप्पणी गर्दै उनले पार्टीभित्र देखिएका गतिविधिप्रति असहमति जनाएकी हुन्। पार्टीबाट बाहिरिने निर्णय आफ्नो असन्तुष्टिको परिणाम भएको उनको भनाइ छ। रास्वपामा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी गिरीको बहिर्गमनलाई सुदूरपश्चिमको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।