आयकर दाखिलामा उत्कृष्ट निसर्ग अस्पताल, अध्यक्ष तीर्थराज पन्त सम्मानित

Image
Nisarga Hospital

आर्थिक वर्ष २०८१-०८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये पर्न सफल निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रा।लि। सम्मानित भएको छ।

CP Hospital Dhangadhi

१५औँ राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालय धनगढीले अस्पताललाई सम्मानपत्र प्रदान गरेको हो।

नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व कार्यालय धनगढीले आफ्नो कार्यक्षेत्रभित्र रहेका करदातामध्ये आर्थिक वर्ष २०८१-०८२ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै निसर्ग अस्पताललाई सम्मान गरेको हो।

अस्पतालका अध्यक्ष तीर्थराज पन्तले उक्त सम्मान प्राप्त गरेका हुन्।

स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशील निसर्ग अस्पतालले नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै राज्यप्रतिको आर्थिक दायित्व निर्वाहमा समेत जिम्मेवार भूमिका खेल्दै आएको छ। अस्पतालले नियमित रूपमा कर दाखिला गर्दै राष्ट्रिय विकासमा योगदान पुर्‍याएको कदरस्वरूप प्राप्त सम्मानले संस्थाको सामाजिक तथा आर्थिक उत्तरदायित्वलाई थप उजागर गरेको छ।

यसै अवसरमा आन्तरिक राजस्व कार्यालय धनगढीले निसर्ग अस्पतालसँगै आयुष सर्जिकल र नास्ट कलेजलाई समेत सम्मान गरेको छ।