उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:३० बजे सुरु हुनेछ।

CP Hospital Dhangadhi

लिग चरणमा तेस्रो र चौथो स्थान हासिल गरेका दुवै टोलीका लागि आजको खेल ‘गर या मर’ को अवस्थामा छ। पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ।

इलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिम रोयल्ससँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायरको विजेता शनिबार उपाधिका लागि फाइनलमा भिड्नेछ।

काठमाण्डु ७ खेलमा ४ जित र ३ हारसहित ८ अंक जोडेर तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो। सुरुवाती तीन खेलमा लगातार जित निकालेको काठमाण्डु पछिल्ला दुई खेलमा भने पराजित भएको थियो।

चितवनले ७ खेलमा ३ जित, ३ हार र १ खेलमा अंक बाँड्दै ७ अंक जोडेको थियो। चितवन आज काठमाण्डुलाई हराउँदै उपाधि यात्रालाई जीवित राख्न चाहन्छ।

लिग चरणबाट शीर्ष स्थानको लुम्बिनी लायन्स फाइनल पुगिसकेको छ भने विराटनगर, कर्णाली, पोखरा र जनकपुर बाहिरिएका छन्।