चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्‍यो एमबीबीएस प्रवेश परीक्षाको नतिजा, अनलाइनबाटै हेर्न सकिने

Image
Nisarga Hospital

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि एमबीबीएस (MBBS) शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

CP Hospital Dhangadhi

आयोगका अनुसार गत कात्तिक १४ गते सञ्चालन भएको परीक्षामा सहभागी उम्मेदवारमध्ये योग्यताक्रममा पर्न सफल परीक्षार्थीहरूको नतिजा प्रकाशित गरिएको हो। परीक्षार्थीले आयोगको अनलाइन प्रणालीमा रहेको आफ्नो प्रोफाइलमार्फत नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

यसैबीच, उत्तरपुस्तिकामा रोल नम्बर वा प्रश्नपत्रको सेटसम्बन्धी बबल नभरेका, गलत विवरण भरेका तथा परीक्षाको मर्यादाविपरीत कार्य गरेका केही परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको आयोगले जनाएको छ।

आयोगले उत्तरपुस्तिकाको पुनर्योगसम्बन्धी सूचना भने पछि प्रकाशित गर्ने स्पष्ट पारेको छ।