लामो दूरीका बसमा दुई चालक अनिवार्य, नियम उल्लङ्घन गरे ट्रिप शुल्क नकटाइने

Image
Nisarga Hospital

सुन्दर सुदूरपश्चिम यातायातले लामो दूरीमा सञ्चालन हुने दिवा तथा रात्रिकालीन बस सेवामा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था लागू गरेको छ। यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यातायातले यस्तो नियम बनाएको जनाएको छ।

CP Hospital Dhangadhi

यातायातका अनुसार कुनै पनि लामो दूरीको बस एउटै दिन यात्रा वा रिजर्भमा जाँदा दुई जना चालकबिना सञ्चालन गर्न पाइने छैन। कुनै कारणवश बस सञ्चालन गर्नुपर्ने अवस्था आएमा दुवै चालक स्वयं उपस्थित हुनुपर्नेछ। साथै, दुवै चालकको चालक अनुमतिपत्रको प्रतिलिपि सम्बन्धित बुकिङ काउन्टरमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

समितिले जारी गरेको नियम पालना नगर्ने बसको ट्रिप शुल्क वा रिजर्भ शुल्क नकटाइने जनाएको छ। नियमविपरीत ट्रिप शुल्क नकटाई आफूखुसी बस सञ्चालन गरेको अवस्थामा कुनै दुर्घटना वा अप्रिय घटना भए त्यसको जिम्मेवारी समितिले नलिने स्पष्ट पारेको छ।

सुन्दर सुदूरपश्चिम यातायातका कार्यालय प्रमुख देवीलाल जोशीका अनुसार नियम उल्लङ्घन गर्ने बस तथा सम्बन्धित पक्षलाई कम्पनीको नियमानुसार कारबाही गरिनेछ। यातायातले सबै चालक तथा बस सञ्चालकलाई नयाँ व्यवस्था अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ।