सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा एनसेलले फोरजी सेवा थप सुधार गर्दै

Image
Nisarga Hospital

एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा आफ्नो फोरजी सेवाको थप सुधार गरेको छ। यससँगै यी प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकहरुले अब सुधारिएको फोरजी सेवामा पहुँच पाउने एनसेलले जनाएको छ।

CP Hospital Dhangadhi

आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले यी स्थानहरुका फोरजी सेवामा थप सुधार गरेको हाे।

एनसेलले देशका अन्य स्थानहरूमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना बनाएको छ। हाल फोरजी सेवा सुधार गरिएका स्थानीय स्तर तथा क्षेत्रहरुमा सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा रहेको छन्।

nawajiwan

त्यसैगरी लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिदार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर रहेका छन्।

Attariya Hospital

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ १८, २०७४ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो र हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरि सकेको छ र कुल जनसंख्याको ९२.०९ प्रतिशत जनतामाझ यो सेवा पुगेको एनसेलले जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ र भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्याङ्कको आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ।

सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति पनि गर्दै आएको छ।

नागरिक दैनिक बाट साभार