
मुम्बई इन्डियन्सले आईपीएल २०२४ मा लगातार दोस्रो जित निकाल्ने क्रममा बिहीबार रोयल च्यालेन्जर्स बेंगलुरुलाई सात विकेटले पराजित गरेको छ । सुरुआती तीन खेल गुमाएर दबाबमा परेको मुम्बईको अब ४ अंक भएको छ ।

स जितेर सुरुमा फिल्डिङ गरेको मुम्बईले आरसिबीले दिएको १९७ रनको चुनौती १५ ओभर ३ बलमा १९९ बनाएर सहजै भेट्टाएको हो।
सुरुमा ब्याटिङ गरेको आरसिबीका लागि कप्तान फाफ डु प्लेसिस र रजत पाटीदारले अर्धशतकीय इनिङ खेले। कप्तान प्लेसिसले ४० बल खेल्दै ६१ रन बनाए भने पाटीदारले २६ बलमा ५० रन बनाए। विराट कोहली ९ बल खेल्दा ३ रन बनाएर आउट भए। अन्य कुनै पनि ब्याटसम्यानले दोहोरो अंक जोड्न नसकेको आरसिबी २० ओभरमा ८ विकेटको क्षतिमा १९६ रनमा समेटिएको थियो।आरसिबीको ब्याटिङलाइन कमजोर बनाउन मुम्बईका लागि जसप्रित बुमराहले एक्लै ५ विकेट लिए।




























