सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

Image
Nisarga Hospital

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो।

CP Hospital Dhangadhi

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ कायम थियो। यससँगै एकै दिन सुनको मूल्यमा १ हजार ४०० रुपैयाँको वृद्धि भएको हो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँ रहेको थियो।

महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य २ हजार ६३६ रुपैयाँ कायम भएको छ। सुनसँगै चाँदीको मूल्यसमेत बढेपछि नेपाली बजारमा दुवै बहुमूल्य धातु थप महँगिएका छन्।