
नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ।
महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। दुई दिनको कारोबार मूल्य तुलना गर्दा सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको हो।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७ हजार ९९० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतिदश ग्राम २ हजार ६२८ रुपैयाँ निर्धारण गरिएको छ।
यससँगै साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको कारोबार मूल्य घटेको छ।





























