सुनको मूल्य एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

Image
Nisarga Hospital

नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो।

CP Hospital Dhangadhi

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ कायम थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो।

एकैदिन सुन र चाँदी दुवैको मूल्य घटेपछि नेपाली बजारमा गहना खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ। पछिल्लो मूल्य गिरावटले सुनचाँदी बजारमा कारोबार गर्ने व्यवसायी तथा ग्राहक दुवैको ध्यान तानेको छ।