आज देशभर मौसम मुख्यतया सफा रहने, हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली

Image
Nisarga Hospital

हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

CP Hospital Dhangadhi

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

बिहीबार कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।