गोदावरीमा मध्यराति मोटरसाइकल दुर्घटना : २३ वर्षीय सागरको मृत्यु, चालक घाइते

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–४ शान्तिटोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

CP Hospital Dhangadhi

बिहीबार राति करिब २ः३० बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–१५ प १०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गोदावरी नगरपालिका–४ निवासी २३ वर्षीय सागर साउँदको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकल चालक सोही ठाउँका २४ वर्षीय किशोर साउँद घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घाइते र मृतकलाई उपचारका लागि अत्तरियास्थित अस्पताल पुर्‍याइएको थियो। सामान्य उपचारपछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनास्थलको लासजाँच मुचुल्का कार्य सम्पन्न गरी मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।