जयलक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षिक साधारण सभा सम्पन्न

Image
Nisarga Hospital

कञ्चनपुर: श्री जयलक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समूह कृष्णपुर -२ वाणीको १४ औं वार्षिक साधारण सभा शनिबार भव्य रुपमा सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष बसन्ती देवी रानाले गरेकी थिईन भने प्रमुख अतिथि भरत शाह, विशिष्ट अतिथि सामुदायिक वन समन्वय समितिका उपाध्यक्ष नरेश राज भट्ट, पूर्व वडा सदस्य बहादुर चौधरी, जनहित सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरी, विजयासाल होमस्तेका अध्यक्ष प्रदेशीनी चौधरी, जयफुलबारी कृषि सहकारीका प्रबन्धक सोभा खुना, अस्थायी प्रहरी पोष्ट वाणीका प्रमुख देवराम पार्की, नवज्योति युवा क्लबका अध्यक्ष सोभान चौधरी तथा स्थानीय भलामान्छेहरूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

Attariya Hospital

साधारण सभामा १७ लाख ४१ हजार ७ सय १० रुपैयाँको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो। त्यस्तै, आगामी वर्षको अनुमानित बजेटसमेत सचिब प्रवेश चौधरीले प्रस्तुत गरेका थिए। अध्यक्ष बसन्ती देवी रानाले सामुदायिक वनले महिलाहरूको आय–आर्जनमा थप सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइन्।

nawajiwan

२०६९ सालमा स्थापित सो सामुदायिक वनमा हाल २९३ उपभोक्ताहरू रहेका छन्। साधारण सभामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने १५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा अशिराम डङ्गौरा, घुर्रो राना, सेतु चौधरी, कैदी चौधरी, चनाकी चौधरी, लहाजु चौधरी, बमबहादुर चौधरी, कबिरा राना, तिजा राना, रामदुलारी राना, सगमतिया खुना, रुकमनी चौधरी, सन्करिया राना, रामफल डङ्गौरा र छोटा राना रहेका छन् । कार्यक्रमको सञ्चालन दुर्गा प्रसाद चौधरीले गरेका थिए।