सडक दुर्घटनामा ज्यान गुमाएका चौपाया हेरालु रावलका परिवारलाई ५ लाख राहत दिने नगरपालिकाको निर्णय

Image
Nisarga Hospital

कञ्चनपुर: कृष्णपुर नगरपालिका–२ गडबिजुला टोल वाणी निवासी रतन रावलको सडक दुर्घटनामा मृत्यु भएपछि नगरपालिकाले परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक राहत दिने निर्णय गरेको छ।

CP Hospital Dhangadhi

नगरपालिकाले सञ्चालन गर्दै आएको छाडा चौपाया व्यवस्थापन कार्यक्रम अन्तर्गत दैनिक ज्यालादारीमा चौपाया (गाईगोरू) हेरालुका रूपमा कार्यरत रावल असोज ७ गते साँझ बस्तिबाट छाडा चौपाया धपाउँदै गौशाला खोरतर्फ लैजाने क्रममा दुर्घटनामा परेका थिए। मछेली पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको सु.प.प्र–०१–०१३ प ४३४९ नम्बरको मोटरसाइकल (चालक निराजन जैगडी) ले ठक्कर दिँदा गम्भीर घाइते भएका रावलको उपचारका क्रममा असोज ९ गते सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।

nawajiwan
Attariya Hospital

मृत्यु हेरालुको काम गर्ने क्रममा भएकाले राहतका लागि असोज १२ गते परिवार नगरपालिकामा पुगेपछि, मृतक परिवार(श्रीमती पारु रावल) लाई विपद प्रकोप कोष बाट नगरपालिकाले पाँच लाख रुपैयाँ राहत दिने सहमति भएको छ। आर्थिक अवस्था कमजोर रहेका चौपाया हेरालु रतन रावलको अन्त्येष्टि आइतवार नै कञ्चनपुरस्थित महाकाली आर्यघाटमा गरिएको छ।