कृष्णपुरमा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु, ६ स्वर्ण सहित कञ्चन मा.वि शिर्ष स्थानमा

Image
Nisarga Hospital

कञ्चनपुर: कृष्णपुर नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता–२०८२ पुस ५ गतेदेखि सुरु भएको छ।

CP Hospital Dhangadhi

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित प्रतियोगिताको उद्घाटन नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा विशिष्ट अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरकी रामकुमारी राना रहेका थिए।

उद्घाटन समारोहमा पुर्व संविधान सभा सदस्य कमल क्षेत्री, नगर उपप्रमुख द्रौपती राना, पूर्व नगर प्रमुख कर्णबहादुर हमाल, जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका अध्यक्ष कुबेर खड्का, जनप्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षक–शिक्षिका, विद्यार्थी तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

nawajiwan
Attariya Hospital

प्रमुख अतिथि राज्यमन्त्री खड्काले खेलकुदको विकासका लागि निष्पक्षता, पारदर्शिता र इमानदारी आवश्यक रहेको बताउँदै विद्यालयस्तरबाटै खेल प्रतिभा उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरेकी थिईन। नगर प्रमुख ओझाले प्रतियोगितालाई मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्न निर्देशन दिए। उद्घाटन अवसरमा १५औँ राष्ट्रपति रनिङ शिल्डमा जिल्लाबाट विजयी खेलाडीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। साथै सम्पन्न मार्चपास प्रतियोगितामा कञ्चन मावि प्रथम, उदय मावि दोस्रो र साइनिङ मुन विद्यालय तेस्रो भएका छन्।

कार्यक्रमको सञ्चालन सूचना अधिकारी प्रेम बोगटीले गर्नुभएको थियो। प्रतियोगितामा विभिन्न खेल विधामा २८ विद्यालयका खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। हाल सम्मको नतिजा अनुसार कञ्चन मा.वि ६ स्वर्ण सहित शिर्ष स्थानमा छ भने जे.वि एकेडेमी ५ स्वर्ण सहित दोस्रो स्थानमा छ। त्यस्तै नन्द मा.वि २ स्वर्ण सहित तेस्रो स्थानमा रहेको छ। पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता कृष्णपुर नगरपालिका–७ शान्तिपुरस्थित श्री कञ्चन माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना गरिएको छ।