
बाबु मोम हुन सिक उसैमा अक्सर प्रकाश भेटिन्छ,
पग्लिए पनि अन्धकार चिर्ने उसैमा सहाश भेटिन्छ।
उस्ले नेता बनेर जीवन यापन गर्न खोजेको थियो,
केथाहा उस्लाई त्यसमापनि दु:खकै राश भेटिन्छ।
जादुगरले आफू धनमान बन्न सकिन किनहोला,
तर चटक् देखाउंदा भिड र धेरै स्याबास भेटिन्छ।
पत्थर थिएन उस्लाई ठोक्करले नै पत्थर बनायो,
अंझैपनि त्यही पत्थरमा गुणकै आभास भेटिन्छ।
अचेल जुनसुकै नेतालाई चुनेर सदनमा पठायो,
अचम्भ लाग्छ उसैमा पनि थुप्रै तमाश भेटिन्छ।
बाबु तिमि अरू बने तर त्यो चोर ढांट र ठग नबन्नु,
आमा त्यस्तो गुण नभएको जिउंदा लाश भेटिन्छ।

॥१॥
अब समीक्षा गरौँ शङ्घर्ष बिफल किन हुन्छ,
हाम्रै देशमा विदेशी दलाल असल किन हुन्छ।
छैन रोजगार खाडी पुगे घरबिहिन भए युवा,
हाम्रै ब्यवस्थामा विदेशको दखल किन हुन्छ।
रेमिटेंसले चलेको हुन्छ देश उस्तै ऋण बढ्यो,
हाम्रो देशका नेता सधैं वे अक्कल किन हुन्छ।
भ्रष्टाचारीको मनपरी छ देशमा अपराधी बढे,
हाम्रै देशको लागि दुष्टको हलचल किन हुन्छ।
विकासका योजना आउँदैन मात्र राष्ट्रघातका,
विदेशी पुच्छर यहां राजनीति दल किन हुन्छ।
अपराधीहरूले नै यो देशको जलाए सम्पत्ती,
प्रत्येक पटक देशभित्र उथलपुथल किन हुन्छ।

॥२॥
हुँदैन सरकारमा जाने रहर भएर मात्र,
पुगिन्छ कामको मन्मा कर भएर मात्र।
खैत देशभित्र युवाहरू देश रित्तो भयो,
पुग्दैन सधैं विदेशी्कै सफर भएर मात्र।
हिंजोआज उस्तै जती सङ्घर्ष गरेपनि,
परिणाम शुन्यताको खबर भएर मात्र।
कहिलेसम्म यस्तो काकाकुल हुनेहोला,
के उब्जिन्छ बिनवर्षा सगर भएर मात्र।
हजुर हाम्रो उस्तै छ मित्रता कम्जोर छौं ,
हो आपसमै दुश्मनी अक्सर भएर मात्र।
उसले सधै धार्ने हात लगायो साथिलाई,
के नै हुनसक्थ्यो उस्को भर भएर मात्रै।

॥३॥
नेता पनि नेताजस्तो खास हुनसकेन,
यो देशबाट दलालको नास हुनसकेन।
बुद्धी भुट्नेहरूले नयाँ नयाँ रूप फेर्दा,
अहिलेपनि विकासको आस हुनसकेन।
समश्य मात्र हुन्छ जहिल्यै पनि देशमा,
यता र उता दलदल निकास हुनसकेन।
जतापनि हाम्रै कथा हुन्छ उपहास हाम्रै,
उदायो सुर्य चन्द्र तर शुभास हुनसकेन।
थाहा छ देशमा विद्रोह किन हुन्छ सधै,
नेता दलाल तर जनता दाश हुनसकेन।
॥४॥
मधेश पहाड जस्तै छ हिमाल अँझै राम्रो,
तालैतालको देश यो फैवताल अँझै राम्रो।
खोलाहरू सुस्साउँदा अनौठो छ सङ्गित,
भत्कायौँ भने जातिय पर्खाल अँझै राम्रो।
हरियो बन भिर पाखा पानीको भण्डार,
कसरी छ गरीब खैत सवाल अँझै राम्रो।
किन आयो टुक्रापार्ने सङ्घीय आधार,
उठ फालौँ विदेशी सञ्जाल अँझै राम्रो।
एउटै सन्तान हिमाल पहाड र मदेशका,
दुनियाँकै बाजारमा छ नेपाल अँझै राम्रो।
विदेशीले घेरेको अश्मिता लुट्न बेलैमा
देखाए नेपाली एकता कमाल अंझै राम्रो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८





























