काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपा अगाडी

Image
Nisarga Hospital

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता बनाएका छन्। काठमाडौंका १० र ललितपुर तथा भक्तपुरका प्रत्येक दुई–दुई क्षेत्रमा रास्वपा उम्मेदवारले मतान्तर बढाएका छन्।

CP Hospital Dhangadhi

काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त महर्जन, काठमाडौं–९ मा डीपी अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट अग्रता कायम रहेका छन्।

ललितपुर–२ मा जगदिश खरेल र ललितपुर–३ मा तोसिमा कार्कीले अग्रता बनाएका छन्। ललितपुर–१ मा भने कांग्रेसका उदय शम्सेर राणा अगाडि छन्।

भक्तपुर–१ मा रुकेश रन्जित अग्रता राख्दा प्रेम सुवाल पछ्याइरहेका छन्। भक्तपुर–२ मा राजिव खत्री अग्रता बनाउँदा एमाले उम्मेदवार महेश बस्नेत पछि परेका छन्।

मतगणना जारी रहँदा आगामी परिणामसँगै मतान्तरमा थप परिवर्तन हुन सक्ने सम्भावना छ।