एलपिएल २०२६ मा नेपाली तिकडीको धमाका: सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित

Image
Nisarga Hospital

लंका प्रिमियर लिग (LPL) २०२६ मा नेपाली क्रिकेटका तीन प्रमुख खेलाडीले स्थान बनाएका छन्। सोमबार सम्पन्न ड्राफ्टमार्फत सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्धित भएका हुन्।

CP Hospital Dhangadhi

सन्दीप र दीपेन्द्रलाई जाफ्ना किंग्सले आफ्नो टिममा समेटेको छ भने कुशल भुर्तेललाई कोलम्बो क्याप्सले अनुबन्ध गरेको हो।

Attariya Hospital

अनुबन्धसँगै सन्दीपले २० हजार अमेरिकी डलर तथा दीपेन्द्र र कुशलले १५ हजार–१५ हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गर्नेछन्। यस उपलब्धिले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाएको छ।

nawajiwan