धनगढीको CCS स्कूलमा दशौं छुकछुके रोबोट कार्यशाला सञ्चालन

Image
Nisarga Hospital

धनगढी: गोदावरी आविष्कार केन्द्र (GiC), अत्तरियाको आयोजनामा दशौं छुकछुके रोबोट कार्यशाला–२०८३ सीसीएस स्कूल, धनगढी–४, रातोपुलमा सुरु भएको छ। श्रावण २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने उक्त कार्यशालामा विद्यार्थीहरूलाई STEAM Education (Science, Technology, Engineering, Arts and Mathematics) को आधारमा उत्पादन (Manufacturing) प्रक्रिया, डिजाइन तथा रोबोट निर्माण सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ।

CP Hospital Dhangadhi

कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रिन्सिपल श्री अर्जुन नाथले आधुनिक शिक्षालाई व्यवहारिक सीपसँग जोड्न यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूमा नवप्रवर्तन, सिर्जनशीलता तथा वैज्ञानिक सोचको विकास गर्न विद्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

nawajiwan

त्यसैगरी विद्यालयका अध्यक्ष तथा प्रशासन प्रमुख श्री अभिषेक श्रेष्ठले भविष्यको प्रविधिमैत्री समाज निर्माणका लागि विद्यालय तहबाटै अनुसन्धान, नवप्रवर्तन र सिर्जनात्मक गतिविधिहरूलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई व्यवहारिक सिकाइतर्फ प्रेरित गर्ने यस्ता कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

Attariya Hospital

कार्यशालाका प्रशिक्षक शेखर राम साउद, गोदावरी आविष्कार केन्द्रका Gen-Z Trainer, ले कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई STEAM Education को आधारमा उत्पादन (Manufacturing) प्रक्रियाको सम्पूर्ण चरण सिकाउनु रहेको बताउनुभयो। उहाँका अनुसार विद्यार्थीहरूले चार दिनको अवधिमा ३डी डिजाइन, मापन तथा डिजाइन सोच, मेकानिकल संरचना निर्माण, इलेक्ट्रोनिक सर्किट, ESP8266 प्रोग्रामिङ, छुकछुके रोबोट निर्माण तथा रोबोट फुटबल प्रतियोगिता जस्ता गतिविधिमा प्रत्यक्ष सहभागिता जनाउनेछन्।

कार्यशालामा कक्षा 8 देखि 10 सम्मका विद्यार्थीहरूको सहभागिता रहेको छ। कार्यक्रममार्फत विद्यार्थीहरूमा समस्या समाधान क्षमता, टोलीगत कार्य, नेतृत्व विकास, सिर्जनात्मक सोच तथा नवप्रवर्तन संस्कृतिको विकास हुने अपेक्षा गरिएको छ।

“सिक्दै बनाऔं, बनाउँदै सिकौं” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको यस दशौं छुकछुके रोबोट कार्यशालाले विद्यार्थीहरूलाई भविष्यको वैज्ञानिक, इन्जिनियर तथा उद्यमी बन्न प्रेरणा दिने विश्वास आयोजकले व्यक्त गरेको छ।