एआईको बढ्दो दुरुपयोग :जनावरलाई पात्र बनाएर अश्लील शब्द र गालीगलौजयुक्त भिडियो भाइरल-

Image
Nisarga Hospital

सामाजिक सञ्जालमा एआई को प्रयोग गरी तयार गरिएका गालीगलौज तथा अश्लील शब्द प्रयोग भएका भिडियो सामग्रीहरू पछिल्लो समय भाइरल हुन थालेका छन्।

CP Hospital Dhangadhi

विशेषगरी जनावरहरूलाई पात्र बनाएर दोहोरो अर्थ लाग्ने संवाद, अपशब्द र अश्लील गाली गलोजका सब्दहरु प्रयोग गरी बनाइएका भिडियोहरू फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेका छन्।

यसलाई नियन्त्रण गर्न अपरिहार्य छ यो सबैको ध्यानाकर्षणको बिसय बनेको छ
‘ए मेरो गुनो डार्लिङ’, ‘ए मेरी जान, तेरा बोका जस्ता कान’ लगायतका संवाद प्रयोग भएका धेरै भिडियोहरूमा जथाभावी शब्दको प्रयोग गरिएको देखिन्छ।

nawajiwan
Attariya Hospital

मनोरञ्जनका नाममा यस्ता सामग्री निर्माण र प्रसारण गर्ने प्रवृत्तिले सामाजिक सञ्जालको मर्यादा, सामाजिक संस्कार र आम नागरिकको चेतनामाथि ठूलो प्रश्न उठाएको छ।

प्रविधिको विकाससँगै एआई मनोरञ्जनको नाममा अश्लीलता र गालीगलौज फैलाउन थालेपछि सामाजिक सञ्जाल हेर्न लायक बनेको छैन !
मनोरञ्जनका नाममा हामी आफ्नै सामाजिक संस्कार र आफ्नो मान मर्यादा गुमाउँदै छौँ ?

आफ्नो कला क्षेमता प्रस्तुत गरौं ए आइ को जथाभावी प्रयोग नगरौ!
सुन्दर समाज निर्माणमा एकजुट भएर अघि बढौ !