चैनपुरका सीसीटीभी बिग्रिएपछि सुरक्षा निगरानी कमजोर, तत्काल मर्मत गर्ने नगरप्रमुख बजालको प्रतिबद्धता

Image
Nisarga Hospital

बझाङः बझाङको सदरमुकाम चैनपुर बजारमा सुरक्षाका लागि जडान गरिएका सीसीटीभी क्यामेरामध्ये केही लामो समयदेखि बिग्रिएर थन्किएका छन्। जयपृथ्वी नगरपालिकाले बजारका संवेदनशील क्षेत्र र मुख्य चोकमा जडान गरेका १६ क्यामेरामध्ये केहीले काम गर्न छाडेपछि बजारको सुरक्षा निगरानीमा चुनौती थपिएको छ।

CP Hospital Dhangadhi

चोरी तथा आपराधिक गतिविधि नियन्त्रण र चौबीसै घण्टा निगरानीका लागि जडान गरिएका क्यामेरा बिग्रिएपछि स्थानीय व्यवसायी तथा सर्वसाधारणले चिन्ता व्यक्त गर्दै आएका छन्।

Attariya Hospital

नगरप्रमुख चेतराज बजालले विगतमा बजेट अभावका कारण समयमै मर्मत गर्न नसकिएको स्वीकार गर्दै अब बिग्रिएका सीसीटीभी तत्काल मर्मत गर्ने प्रतिबद्धता जनाएका छन्। क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालय बझाङमा रहेको छ। प्रहरीले सीसीटीभी सञ्चालनमा आए अपराध अनुसन्धान, प्रमाण संकलन तथा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने जनाएको छ।

nawajiwan