दशैं–तिहारलाई लक्षित गर्दै गोदावरीको काजी कटेजमा सेती नदीको असला माछाको स्वाद

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–४ मा सञ्चालित काजी कटेजले दशैं–तिहारलाई लक्षित गर्दै ग्राहकका लागि सेती नदीको असला माछाको परिकार थपेको छ। गोदावरी क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक तथा स्वादका पारखीलाई लक्षित गर्दै कटेजले नयाँ परिकार उपलब्ध गराउन थालेको हो।

CP Hospital Dhangadhi

लामो समयदेखि गोदावरी क्षेत्रमा व्यवसाय गर्दै आएका युवा व्यवसायी गणेश कठायतद्वारा सञ्चालित काजी कटेज स्थानीयस्तरमा परिचित हुँदै गएको छ। कटेजले परम्परागत नेपाली स्वादका परिकारसँगै ग्राहकको रुचिअनुसार नयाँ–नयाँ परिकार पस्कँदै आएको छ। दशैं–तिहारको अवसरमा सेती नदीको असला माछाको स्वाद लिन चाहने ग्राहकका लागि यो नयाँ विकल्प बनेको छ।

काजी कटेजमा लोकल कुखुराको मासु, सुकुटी, स्वादिलो खानाका साथै सुदूरपश्चिमका मौलिक पहाडी परिकारको स्वाद लिन सकिन्छ।  स्वादिष्ट परिकारसँगै ग्राहकलाई गरिने आत्मीय व्यवहार, नम्र बोली र शिष्टाचारले कटेजमा एकपटक पुगेका ग्राहकलाई पुनः फर्किन प्रेरित गर्ने गरेको सञ्चालक कठायत बताउँछन्।

गोदावरी खोलाको किनारमा रहेको कटेजमा रिभर साइड बार, हुक्का बार, पार्टी तथा पिकनिकका लागि आवश्यक व्यवस्था उपलब्ध छ। प्राकृतिक वातावरणमा रमाउँदै समय बिताउन चाहनेहरूका लागि प्राकृतिक स्वीमिङ क्षेत्रसमेत रहेको यस कटेजमा परिवार, साथीभाइ तथा समूहमा पुगेर खानपिन र मनोरञ्जन गर्न सकिने सञ्चालक गणेश कठायतले बताए।

प्राकृतिक वातावरणमा रमाउन चाहनेहरूका लागि पनि काजी कटेज उपयुक्त गन्तव्य बनेको छ। नजिकै रहेको गोदावरी खोलाको कलकल आवाज र शान्त वातावरणमा समय बिताउन पाइने भएकाले यहाँ दैनिक रूपमा विभिन्न क्षेत्रबाट मानिसहरू पुग्ने गरेका छन्। परिवार, साथीभाइ तथा समूहमा घुम्न आउनेहरूका लागि कटेजले खानपिनसँगै रमाइलो गर्ने अवसर प्रदान गर्दै आएको छ।

सञ्चालक कठायतका अनुसार काजी कटेजमा ग्राहकले आफ्नै तरिकाले पिकनिक मनाउन तथा आवश्यक व्यवस्थाअनुसार आफैँ खाना पकाउन सक्ने सुविधा पनि उपलब्ध छ। यसले गर्दा खानपिनका लागि मात्र नभई पारिवारिक भेटघाट, साथीभाइसँगको जमघट र वनभोजका लागि समेत कटेज रोजाइमा पर्ने गरेको उनको भनाइ छ।

‘ग्राहक नै हाम्रा लागि भगवान् हुनुहुन्छ। उहाँहरूले दिनुभएको माया र विश्वासले व्यवसायलाई निरन्तरता दिन थप हौसला मिलेको छ,’ कठायतले भने, ‘आगामी दिनमा पनि ग्राहकको चाहनाअनुसार नयाँ परिकार थप्दै गुणस्तरीय सेवा दिने प्रयास गर्नेछु।’

दशैं–तिहारको बिदामा घुमफिरसँगै फरक स्वादको अनुभव लिन चाहनेहरूका लागि गोदावरीको काजी कटेज खानपिन र रमाइलो गर्ने एउटा विकल्प बनेको छ। प्राकृतिक वातावरण, स्थानीय स्वाद र आत्मीय आतिथ्यलाई प्राथमिकता दिँदै कटेजले ग्राहकलाई आकर्षित गर्ने प्रयास गरिरहेको छ।