तलब र चाडपर्व भत्तामा विभेद भएको भन्दै सेती अस्पतालका करार कर्मचारी आन्दोलनमा

Image
Nisarga Hospital

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ देखि सरकारी कर्मचारीको तलब वृद्धि गरे पनि सेती प्रादेशिक अस्पतालका करार कर्मचारीले नयाँ व्यवस्थाअनुसारको सेवा सुविधा नपाएको गुनासो गरेका छन्। तलब, चाडपर्व भत्ता तथा अन्य सुविधामा विभेद भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

CP Hospital Dhangadhi

आन्दोलनरत कर्मचारीले बिहीबार सामाजिक विकास मन्त्रालय र शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिएका छन्। सरकारले सुविधा बढाउँदा आफूहरूलाई पुरानै पारिश्रमिकमा काम गर्न बाध्य पारिएको उनीहरूको गुनासो छ।

अस्पतालको प्रयोगशालामा कार्यरत ल्याब टेक्निसियन रुप सुनारले करार कर्मचारीमाथि वर्षैपिच्छे बेवास्ता हुने गरेको आरोप लगाए। चाडपर्वमा समेत विभेद भोग्नुपरेको भन्दै उनले अन्य कर्मचारीसरह सेवा सुविधा उपलब्ध गराउन माग गरे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

सरकारले चालु आर्थिक वर्षदेखि सरकारी कर्मचारीको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरेको छ। त्यस्तै, नयाँ तलबमानको १० प्रतिशत बराबर कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता र मासिक पाँच हजार रुपैयाँ महँगी भत्ताको व्यवस्था गरेको छ। तर, यी सुविधा करार कर्मचारीका हकमा कसरी लागू हुने भन्ने स्पष्ट नभएको भन्दै कर्मचारीले असन्तुष्टि जनाएका छन्।

Dhnagadhi & Krishanapur