बैतडीका दुई स्थानीय तहमा मंगलबार सार्वजनिक बिदा, मन्दिरका जात्राका लागि निर्णय

Image
Nisarga Hospital

बैतडी : बैतडीका दुई स्थानीय तहले मंगलबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाले विभिन्न मन्दिरमा लाग्ने परम्परागत जात्राको अवसरमा सार्वजनिक बिदा दिएका हुन्।

CP Hospital Dhangadhi

दुवै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै जात्रामा स्थानीय नागरिकको सहभागिता सहज बनाउने उद्देश्यले बिदा दिने निर्णय गरिएको जनाएका छन्।

दशरथचन्द नगरपालिका–४ गढीस्थित जगन्नाथ मन्दिर र वडा नम्बर ११ सीमस्थित केदार मन्दिरमा लाग्ने जात्राका अवसरमा नगरपालिकाले बिदा दिएको हो।

त्यस्तै, सुर्नया गाउँपालिका–५ स्थित फाल्ङाशैनी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको जनाएको छ।

दुवै स्थानीय तहका अनुसार मंगलबार पालिकाअन्तर्गतका सरकारी कार्यालय, गैरसरकारी संघसंस्था तथा शिक्षण संस्थाहरू बन्द रहनेछन्।

स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र जात्रामा सर्वसाधारणको सहज सहभागिता सुनिश्चित गर्न सार्वजनिक बिदा दिने निर्णय गरिएको सम्बन्धित पालिकाले जनाएका छन्।