झ्याउरे छन्द कविता- जीवन बोका प्रतिको प्रेम

Image
Nisarga Hospital

खै किन होला, मत छु तिम्रै, मायामा फसेको
पहिलो प्राणी , हौ तिमी मेरो ,मनमा बसेको
दिनहुुँ दिन , बढेर माया , आउँछ झन्झन्
अरुले बोका ,भनेनी ठिक्छ ,म भन्छु जिवन!

CP Hospital Dhangadhi

जंगल एक्लै नडुल्नु तिमी, बाघको छ डर
ए मेरो बोका, छौ धेरै प्यारो ,अतिनै सुन्दर
बाख्राकै पछि ,नलाग्नु धेरै ,आउनु चरेर
दिएको खानु, नगर्नु हल्ला, गोठमा बसेर!!

घरबाट कतै ,म गए पनि , ग्राहक नआओस्
ग्रहले साथ ,दिरहोस् सधैं ,आयु नि लामोहोस्
दिनेछु दाना ,हरियो घाँस ,सधैंब हाल्नेछु
यो मेरो सास ,रहुन्जेल सम्म , मज्जाले पाल्नेछु !

nawajiwan
Attariya Hospital

चाहान्छु मत , धेरैनु बाच्नु , हुनुहै अमर
जिवन तिमी, बाहेक मेरो, साहारा को छर?
तस्बिर तिम्रो, फ्रेममा हाली,राख्नेछु कोठामा ,
जन्मिनु तिमी, अर्कोजुनिनी अहिलेकै गोठमा!!

पारस भट्ट प्यासी ,
सुदुरपश्चिम बैतडी